20 Sep 2019   |   
logo
स्वास्थ्य

चुरेहिलको पाचौं वार्षिक साधरसभा



स्वास्थ्य   30 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २० शुक्रवार  
हेटौंडाः चुरेहिल अस्पतालको ५ औं वार्षिक साधरणसभा आज हेटौंडामा सञ्चालन भैरहेको छ । ३ नम्बर प्रदेशको पत्रकार महासंघको अध्यक्ष प्रताप विष्टले प्रथम सत्रको उद्ध्घाटन गर्नुहुदै मकवानपुर जिल्ला स्वास्थ्य क्षेत्रमा अघि बढ्दै गएको बताउनुभएको छ । उहाँले चुेरहिल अस्पतालको व्यवस्थाकीय पक्ष बलियो भएमा अस्पताले अझ स्वास्थ्य क्षेत्रका अर्का फड्को मार्ने बताउनुभएको हो । हेटौंडा अस्पताललको विकाल्पको रुपमा चुरेहिल स्थापना हुँदा नागरिकले सहजै स्वास्थ्इ सेवा पाउन सकेको बताउनुभयो ।

चुरेहिलको पाचौं वार्षिक साधरसभा


 यद्यपी चुरेहिल अस्पतालले भरतपुर र अन्य क्षेत्रमा रिफर भएर जानेको संख्यामा गिरावट ल्याउदै भन्दै आम नागरिकको विश्वास जित्न सफल भएको विष्टले दाबी गर्नुभयो ।  अस्पतालक सञ्चालक समितीका अधयक्ष गोकर्ण पराजुलीले नागरिकहरुलाई सेवा दिन कुनै कसर बाकि नरहेको भन्दै उपचार सेवा महंगो भएका हल्लामात्रै भएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिजय महासंघका केन्द्रिय सदस्य अरुण राज सुमार्गी, मकवापनुर  उद्योग वाणिज्य महासंघका   अध्यक्ष कृष्ण कटुवाल, हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपाने, हेटौंडा अस्पतालका प्रमुख डा। प्रविण श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माध्व न्यौपाने,  महासचिव प्रमोद सिंह रानाभाट लगायत को उपस्थिती रहेको थियो । 








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11973136 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top