20 Sep 2019   |   
logo
स्वास्थ्य

मनहरीमा वृहत् स्वास्थ्य शिविर



स्वास्थ्य   22 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः कोरियाली एक विश्वविद्यालयका प्राध्यापक चिकित्सक तथा नर्सहरुको एक समुहले मकवानपुरको मनहरी गाउँपालिकामा वृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । ४ दिन आयोजना गरिएको शिविरको बिहिबार समापन भएको छ । ४ दिनको शिविरमा ८ सय ६२ जनाको उपचार गरिएको छ । मनहरीको महेन्द्रकिरण मावि परिसरमा आयोजित शिविरमा कोरियाली विश्वविद्यालयका ५ जना प्राध्यापक र १९ जना नर्सको समूहले उपचार गरेका हुन् ।

मनहरीमा वृहत् स्वास्थ्य शिविर


ग्लोबल एजुकेशन फर अल नेपालको आयोजनामा स्वास्थ्य शिविर भएको हो । थेरापी विधिद्वारा मधमेह, रक्तचाप, पेट सम्बन्धी, हाडजोर्नीसम्बन्धी उपचार गरिएको थियो । शिविर समापनको अवसरमा बिहिबार महेन्द्रकिरण माविमा अध्ययनरत १ हजार २ सय विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिएको छ । कोरियाली चिकित्सकहरुको समूहले करिब ७ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको ग्लोबल एजुकेशन फर अल नेपालका अध्यक्ष उद्धव उप्रेतीले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा आज स्वास्थ्य शिविरको समापन तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम गरिएको हो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11970159 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top