21 Sep 2019   |   
logo
स्वास्थ्य

१८६ जनामा डेंगु



स्वास्थ्य   30 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुर जिल्लामा डेंगु संक्रमितको सख्या दिनानुदिन बढ्दै गईरहेको छ । बिहिबार बेलुकी ५ बजेसम्ममा १ सय ८६ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका फोकल पर्सन भूपनारायण यादवले बताउनुभयो । बिहीबार मात्र स्वास्थ्य कार्यालयबाट ९ जनामा डेंगुको संक्रमित पत्ता लागेको छ ।

१८६ जनामा डेंगु


हेटौंडा उपमहानगरपालिका सबैभन्दा बढी डेंगु प्रभावित देखिएको छ भने बाग्मती, बकैया गाउँपालिकाबाट पनि छिटपुट रुपमा संक्रमितको तथ्यांक आइरहेको उहाँले बताउनुभयो । जिल्लामा डेंगुको प्रकोप बढ्दै गएका कारण त्यसलाई नियन्त्रणमा लिन नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय वडा कार्यालय, टोलविकास संस्थाहरुलाई परिचालन गरी लामखुट्टे तथा लामखुट्टेका लार्भा नष्ट गर्ने कार्य जारी रहेको छ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


12212499 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top