20 Sep 2019   |   
logo
स्वास्थ्य

क्यान्सरपीडित रेणुलाई सहयोग



स्वास्थ्य   22 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाद्वारा संचालित रेनु दमाई बचाउ अभियान अन्तर्गत संकलन गरिएको रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । हेटौंडा–१३ वनस्पतिकी क्यान्सर पीडित ११ वर्षीया रेणुलाई संस्थाले नगद ५५ हजार १ सय ३५ रुपैयाँ सहयोग गरेको हो ।

क्यान्सरपीडित रेणुलाई सहयोग


संस्थाकी कोषाध्यक्ष सहनशील ढकालको संयोजकत्वमा गठित रेणु दमाई बचाउ अभियानले विभिन्न संस्था तथा व्यक्तिहरुबाट संकलित रकम बिरामीका दाजु राजन दमाईलाई हस्तान्तरण गरेको हो । रेणुको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनी कक्षा ५ मा पढ्दै छिन् । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष बिसु सुनार, उपाध्यक्ष निश्कर्ष लामा, सचीव भुवन घलान, संस्थाका कानुनी सल्लाहकार बालकृष्ण अधिकारी, संरक्षक रिपेश दाहाल, समाजसेवी विकेशलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11976720 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top