21 Aug 2019   |   
logo
स्वास्थ्य

आँखा अस्पताललाई १७ थान बेड



स्वास्थ्य   319 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पताललाई आइतबार १७ थान बेड हस्तान्तरण गरिएको छ । हेटौंडा इन्फिल्डर्स मकवानपुरले १५ थान र बक्सिङ खेलका पूर्वप्रशिक्षक ध्रुब श्रेष्ठले २ थान बेड सहयोग गर्नुभएको हो । सहयोग स्वरुप प्राप्त बेड ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आँखा अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो ।

आँखा अस्पताललाई १७ थान बेड


बेड हस्तान्तरण सम्बन्धी विवरण उल्लेखित प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । साना–साना सहयोग मिलेर नै ठुलो हुने उहाँको भनाइ थियो । युवाले रचनात्मक काममा सदैव अगाडि बढ्न सुझाव समेत दिनुभयो । मुख्यमन्त्री पौडेलले हेटौंडामा स्वास्थ्य सेवाको क्षेत्रमा सुधार हुँदै गएको बताउनुभयो । हेटौंडा सामुदायिक आँखा अस्पतालले गुणस्तरीय सेवा प्रदान गरिरहेको बताउनुहुँदै उहाँले हेटौंडा अस्पतालको पनि क्रमिक सुधार हुँदै गएको बताउनुभयो । हेटौंडा अस्पतालमा पहिले भन्दा सुधार हुँदै आएको र विभिन्न प्रविधिको पनि प्रयोग भइरहेको उहाँको भनाइ थियो । अस्पतालको कार्यक्षमता बढ्दै आएकोले हेटौंडामै उपचार गर्न पाउने वातावरण सिर्जना हुने पनि बताउनु भयो ।

बेड खरिदमा करीब १ लाख रुपैयाँ खर्च भएको हेटौंडा इन्फिल्डर्सका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दिपेन्द्र चन्द ठकुरीले जानकारी दिनुभयो । आगामी दिनमा यस्ता सहयोग जारी राख्ने उहाँको भनाइ थियो । आँखा अस्पतालमा बिरामीहरु भुइँमा सुतेको देखेपछि सहयोग गर्न अग्रसर भएको उहाँले जानकारी दिनुभयो । हेटौंडा इन्फिल्डर्सका अध्यक्ष विजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक आँखा अस्पताल प्रमूख डा. सुनिल थकालीले सहयोगी प्रति आभार व्यक्त गर्नुभयो । अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले पनि आम नागरिकलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा सहयोग निरन्तर राख्न सहयोग गर्नुभयो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7367898 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top