21 Aug 2019   |   
logo
स्वास्थ्य

४ सय ६२ विद्यार्थीको आँखा परीक्षण



स्वास्थ्य   33 पटक पढिएको   समाज संवाददाता     
हेटौँडाः हेटौँडा उपमहानगरपालिका–५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका ४ सय ६२ विद्यार्थीको आँखा परीक्षण गरिएको छ । विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत हेटौँडा युवा अभियानको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत शुक्रबार शिविर सञ्चालन गरिएको हो ।

४ सय ६२ विद्यार्थीको आँखा परीक्षण


४ सय ६२ जना विद्यार्थीको आँखा परीक्षण गरिएकोमध्ये १६ जनामा सामान्य समस्या देखिएकाले प्राथमिक उपचार गरिएको परीक्षणमा संलग्न सामुदायिक आँखा अस्पतालकी वरिष्ठ नेत्र सहायक पूर्णिमा गुरुङले जानकारी दिनुभएको छ । शिविरमा सिनियर नेत्र सहायक गुरुङको नेतृत्वमा नेत्र सहायक सम्झना कुँवर, आँखा स्वास्थ्य सेवक शर्मिला बजगाईं र आइ डोनर अमेन्द्र बि।कको सहभागिता रहेको विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक सुजिता श्रेष्ठले बताउनुभयो ।

शुक्रबार भएको शिविरमा कक्षा नर्सरीदेखि कक्षा चारसम्मका विद्यार्थीहरूको आ“खाको परीक्षण गरिएको तथा आगामी साउन २२ गते हुने अर्को परीक्षण शिविरमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूको आँखा परीक्षण गरिने विद्यालयकी शिक्षिका सुमी श्रेष्ठले बताउनुभयो । नियमित स्वास्थ्य परीक्षणबाट विद्यार्थीहरूमा स्वास्थ्य समस्या भए पत्ता लाग्ने र समयमै उपचार गर्न सजिलो हुने भएकाले विद्यालयमै शिविरको आयोजना गरेको विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठले बताउनुभयो । यस्तै युवा अभियान हेटौँडाका संयोजक साकार शिवाकोटी शशिले युवा अभियानले गर्दै आएको विभिन्न सामाजिक क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूको आँखा शिविर सञ्चालन गरिएको बताए । 








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7364233 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top