21 Aug 2019   |   
logo
स्वास्थ्य

थाहा ६ का सबै गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी



स्वास्थ्य   301 पटक पढिएको   बिवश अधिकारी     
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाको एउटा वडालाई जिरो होम डेलिभरी घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर थाहा नगरपालिकाको वडा नम्बर–६ बज्रबाराहीलाई जिल्लाकै पहिलो जिरो होम डेलिभरी वडा घोषणा गरिएको हो ।

थाहा ६ का सबै गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी


थाहा नगरपालिकाले नगरका सबै गर्र्भवतीलाई स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने लक्ष्य लिएको छ । स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आमा तथा बच्चाको स्वास्थ्यमा केहि जटिलता आएमा पनि समाधान हुन सक्ने तथा मातृशिशु मृत्युदर घटाउने नगरपालिकाको उद्देश्य रहेको छ । सोही अनुसार आर्थिक वर्ष २०७५-०७६ मा ६ नम्बर वडाका सबै गर्भवतीले स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७५-०७६ मा वडा नम्बर ६ का नियमित गर्भजाँच गराएका १ सय ५८ गर्भवती महिला मध्ये १ सय १ जना गर्भवती महिलाको स्वास्थ्य संस्थामै गएर प्रसुती गराइएको बताइएको छ । साथै वडाबासीहरुमा स्वास्थ्य संस्थामा प्रसुति सेवा लिनुपर्छ भन्ने धारणा समेत विकास भएकोले वडालाई पूर्ण स्वास्थ्य संस्थामा सुत्केरी अर्थात जिरो होम डेलिभरी वडा घोषणा गरिएको थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले जानकारी दिनुभएको छ ।

प्रदेश नम्बर ३ मा जिरो होम डेलिभरी वडा घोषणा गर्ने थाहा नगर दोस्रो स्थानीय तह हो । यसअघि धादिङ जिल्लाको एउटा वडालाई जिरो होम डेलिभरी वडा घोषणा गरिएको छ । जिरो होम डेलिभरी कार्यक्रमलाई क्रमशः नगरपालिकाका सबै वडाहरुमा लागु गर्दै नगरलाई नै जिरो होम डेलिभरी नगर घोषणा गरेर मातृशिशु मृत्युदर शुन्य बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । नियमित स्वास्थ्य संस्थामा गर्भजाँच गराउने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवतीका लागि नगरपालिकाले थप सेवा सुविधाको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो । थाहा नगरपालिकाका मेयर लवशेर बिष्टको प्रमुख आतिथ्यता तथा वडा नम्बर ६ का वडाअध्यक्ष एवम् बज्रबाराही स्वास्थ्य केन्द्रका अध्यक्ष शशिधर सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7363451 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top