14 Oct 2019   |   
logo
अर्थ / व्यापार

युरिया मल आइपुग्यो



अर्थ / व्यापार   46 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र ३१ मंगलवार  
हेटौंडाः हेटौंडा बजारमा पछिल्लो १ महिनादेखि अभाव रहेको युरिया मल अब केही मात्रामा सहज रुपमा पाइने भएको छ । कृषि सामग्री कम्पनी हेटौंडामा सोमबार ४२ टन मल आएको छ । केही दिनमा मल फेरि आउने स्टोरकिपर छवि शर्माले जानकारी दिनुभयो । कृषि सामग्री कम्पनीसँग डी.ए.पी. र पोटास भए पनि युरिया मल भने केही समयदेखि अभाव रहेको थियो ।



सरकारले टेण्डर आव्हान ढिला गरेकोले मलको अभाव भएको शर्माको भनाइ छ । कृषि सामग्री कम्पनीले अहिले प्रत्येक सहकारीलाई १ टन मल प्रदान गर्ने र माग सहज हुँदै गएपछि सहकारीले आवश्यकता अनुसार लैजान पाउने छन् । युरिया मल भारतको रक्सौलसम्म आइसकेको र केही दिनमै सहज हुने स्टोरकिपर शर्माले बताउनुभयो । अहिले मकवानपुरमा ५७ वटा कृषि सहकारी रहेकोमा ३६ वटाले मल लगिसकेका छन् । किसानले पछिल्लो समय युरिया मलको प्रयोग बढाएकोले मलको माग बढेको हो । कृषि सामाग्री कम्पनीले उच्च गुणस्तरको एवम् उन्नत कृषि सामग्रीहरु मल, बीउ, कृषि रसायन र उपकरणको आयात र सर्वसुलभ मूल्यमा देशभरी बिक्री वितरण कार्य गर्दै आएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803160 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top