14 Oct 2019   |   
logo
अर्थ / व्यापार

सहुलियत पसल सञ्चालनमा



अर्थ / व्यापार   115 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २६ बिहिवार  
हेटौंडाः चाडपर्व लक्षित गरी हेटौंडामा बुधबारदेखि सहुलियत पसल खुलेको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशन, हेटौंडा शाखाले प्रत्येक वर्ष झै यसवर्ष पनि चाडपर्वको अवसरमा नागरिकको लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङका प्रमुख शैलेश पाण्डेका अनुसार सहुलियत पसलमा बजार मूल्य भन्दा सस्तोमा उपभोग्य वस्तु विक्री गरिरहेको जानकारुी दिनुभयो ।



सहुलियत पसलमा आम नागरिकलाई चाडपर्वमा अतिआवश्यक चिनी, आयोनुन, मैदा, आटा लगायत राखिएको छ । सहुलियत पसलमा चिनी २ किलोको १४४ रुपैयाँ, नुन प्रतिप्याकेट १८ रुपैयाँ, मैदा २ किलोको १०५ रुपैयाँ, आँटा ५ किलोको २४५ रुपैयाँ, आँटा सादा ५ किलोको २४० रुपैयाँ र आटा २ किलोको एक सय रुपैयाँ कायम गरिएको छ । सहुलियत पसलमा १ जनाले चिनी र नुन ६ किलोसम्म मात्र खरिद गर्न सक्ने र अन्य जति पनि खरिद गर्न पाउनेछन् । पसलमा ४ जना कर्मचारी खटाइएको छ । सहुलियत पसलको मकवानपुर प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले उद्घाटन गर्नुभएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14806174 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top