18 Nov 2019   |   
logo
अर्थ / व्यापार

३ रुपैंया मुठामा रायोको साग



अर्थ / व्यापार   35 पटक पढिएको   प्रशंसा बिक   २०७६ भाद्र २० शुक्रवार  
हेटौंडाः राम्रो आम्दानीको आशमा मिहिनेत गरेर बेमौसममा उत्पादन गरिएको रायोको साग न्यून मूल्यमा विक्री गर्नुपर्ने भएपछि किसान मर्कामा परेका छन् । मागको तुलना बढी उत्पादन भएर थोकबजारमा आएपछि किसानले रायोको साग मुठाको ३ रुपैयाँमा बेच्न बाध्य छन् । दैनिक ५ सय बोरादेखि एक हजार बोरा रायोको साग आइपुग्ने हेटौंडाको थोक बजारमा बिहिबार किसानले दुईहजार बोरा साग ल्याएका छन् । गत सोमबारसम्म प्रतिमुठा १० रुपैयाँमा बिक्री भइरहेको रायोको सागको मूल्य एक्कासी घटेको हो । किसानले ३ रुपैयाँमा बिक्री गरेको साग उपभोक्ताले भने २५ देखि ३० रुपैयाँ तिरेर खरिद गर्न बाध्य छन् ।

३ रुपैंया मुठामा रायोको साग


हेटौंडा–४, खोपगल्लीमा साग बेच्न बसेकी एक महिला ।

मकवानपुरगढी गाउँपालिका–८, बुढीचौर ओखलडाँडाका किसान धावा तितुङले बिहिबार साढे दुई सय मुठा साग तीन रुपैयाँ प्रतिमुठा विक्री गरेर जानुभयो । बिहानै साग लिएर हेटौंडाको थोकबजार आइपुग्नुभएका तितुङले साग विक्री गरेर गाडी भाडा तिरेर खाना खाने पैसा पनि नबचेको भन्दै गुनासो गर्नुभयो । हेटौंडाको थोकबजारमा भीमफेदी गाउँपालिकाको इचुङ्, धोर्सिङ्, पान्द्राङ्, सुपिङ्का किसानले रायोको साग बिक्रीका लागि ल्याउने गरेका छन् । हेटौंडाको थोकबजारमा जिल्लाभित्रै उत्पादन भएको साग किसानले ल्याउने गरेका छन् भने हेटौंडाको थोकबजारबाट बारा जिल्लाको जितपुर, सिमरा, पर्सा जिल्लाको बिरगन्ज, चितवनको नारायणगढसम्म निर्यात हुने गर्दछ । हेटौंडाको थोकबजारमा आइपुग्ने साग मध्ये ९० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ भने १० प्रतिशत मात्रै जिल्ला बाहिर निर्यात हुने गरेको छ । गत वर्षको तुलना उत्पादन बढेसँगै मूलय घटेको फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्क बहादुर मोक्तानले बताउनुभयो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17364042 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top