18 Nov 2019   |   
logo
अर्थ / व्यापार

बासुकला पार्टी प्यालेस सञ्चालनमा



अर्थ / व्यापार   44 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १९ बिहिवार  
हेटौंडाः हेटौंडा–५, सानोपोखरामा बासुकला पार्टी प्यालेस सञ्चालनमा आएको छ । आज बासुकला परिवारकै जेष्ठ सदस्यले पार्टी प्यालेसको उद्घाटन गरिएको छ । एक हजार जनासम्मका लागि पार्टी सञ्चालन गर्न पुग्ने गरी पार्टी प्यालेस सञ्चालनमा ल्याइएको सञ्चालक केशव बासुकलाले जानकारी दिनुभयो ।

बासुकला पार्टी प्यालेस सञ्चालनमा


करिब ७० लाख लगानी भइसकेको पार्टी प्यालेसले सेवा शुभारम्भको अवसरमा विशेष छुटको समेत व्यवस्था गरिएको बासुकलाले बताउनुभयो । बजारक्षेत्रमा खुलास्थानको अभावमा विभिन्न अवसरमा आफन्त, साथीभाई बोलाएर पार्टी आयोजना गर्न पार्टी प्यालेस अनिवार्य बन्दै गएको छ भने पार्टी प्याले व्यवसाय सञ्चालनको अवसर समेत बन्दै गएको छ । बासुकला पार्टी प्यालेसका सञ्चालक केशव बासुकलाले स्वस्थकर र गुणस्तरीय खानाका साथै स्वागत सत्कारको उचित प्रवन्धसहित सेवा सञ्चालन गर्ने बताउनुभएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17363601 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top