20 Sep 2019   |   
logo
अर्थ / व्यापार

चौकीटोलमा कपडा बैंक स्थापना



अर्थ / व्यापार   22 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र ८ आइतवार  
हेटौंडाः नेपाल तरुण दल मकवानपुरको व्यवस्थापनमा हेटौंडा–१, चौकीटोल ओरालोमा कपडा बैंक स्थापना भएको छ । विपन्न नागरिकलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले कपडा बैंक सञ्चालनमा ल्याइएको हो । हेटौंडाका विभिन्न स्थानमा कपडा बैंक स्थापना गर्ने तरुण दलको अभियानअन्तर्गत शनिबार चौकीटोल ओारलोमा पनि कपडा बैंक स्थापना गरिएको हो । केही दिनअघि हेटौंडाको सानोपोखरा चोकमा तरुणले कपडा बैंक स्थापना गरिसकेको छ भने जिल्ला प्रहरी कार्यालय अघि पनि कपडा बैंक स्थापनाको अन्तिम तयारी भइरहेको तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीले बताउनुभयो ।



३ नम्बर प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाले रिबन काटेर चोकीटोल आरोलोको कपडा बैंकको उद्घाटन गर्नुभएको हो । कपडा बैंकको उद्घाटन गर्नुहुँदै बानियाले विपन्न नागरिकको हितमा कपडा बैंक स्थापना गरिएको भन्दै तरुण दलको प्रशंसा गर्नुभयो । गरिब र विपन्न समुदायको हितमा सदैव काम गरिरहन उहाँले सुझावसमेत दिनुभयो । कपडा बैंकको दीगो व्यवस्थापनमा तरुणको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । कपडा बैंकमा आफूसँग भएका नयाँ तथा प्रयोग भइसकेका कपडा जोकोहीले राखिदिन सक्छन् भने कपडा आवश्यक हुने जोकोहीले सित्तैमा कपडा लैजान सक्नेछन् । लट्टीनाथ निर्माण कम्पनी हेटौंडाका रवि श्रेष्ठले नयाँ कपडा सौजन्य गरिदिएर कपडा बैंक स्थापना गरिएको हो ।

कपडा बैंक स्थापनाका लागि भ्वाइस अफ ग्रुप चौकीटोलले पनि सहयोग गरेको छ । नेता बानियाको प्रमुख आतिथ्यतामा भएको कपडा बैंक उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य सुनिल दाहाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरी, व्यवसायी रवि श्रेष्ठ, व्यवसायी ध्रुव न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969719 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top