20 Sep 2019   |   
logo
अर्थ / व्यापार

पेट्रोल पम्पमा शिल



अर्थ / व्यापार   37 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौंडाको एक पेट्रोल पम्पमा शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले हेटौंडा–११, थानाभर्याङस्थित स्थित शिवम् फ्युल सेन्टर शिलबन्दी गरिदिएको हो ।



पेट्रोल पम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताउनुभयो । ‘नापतौल ऐन २०२५ विपरीत काम गरेको र आफ्नो इच्छाअनुसार शिल काटेर पेट्रोल, डिजल बिक्री वितरण गर्ने देखिएकाले सो पम्पमा कारवाहीका लागि शिलबन्दी गरिएको छ’, यादवले भन्नुभयो, ‘पम्पको डिजल र पेट्रोल दुवै मेसिनमा जा“च गर्दा एसेम्ब्लीको शिल काटिएको पाइएको थियो ।’

पम्पमाथि कारवाही फुकुवा नभएसम्म सो पम्पलाई नेपाल आयल निगमको डिपो कार्यालय अमलेखगञ्जलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउनसमेत जानकारी गराइएको छ । सम्बन्धित व्यवसायीलाई तीन दिनभित्र नापतौल कार्यालय वीरगञ्जमा हाजिर हुन पत्र काटिएको प्रमुख यादवले जानकारी दिनुभयो । बारा, पर्सा, रौतहट र मकवानपुरका सञ्चालित पम्पहरुको विगत केही महिनादेखि अनुगमन तीव्र पारिएको र कैफियत देखिएका करिब एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको पनि प्रमुख यादवले बताउनुभयो । बारा, पर्सा, रौतहट र मकवानपुरका ६० प्रतिशत उद्योगी व्यवसायीले नापतौल यन्त्रको जा“च नगराएको उहा“को भनाइ छ ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11973929 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top