20 Sep 2019   |   
logo
अर्थ / व्यापार

रुपन्देहीमा लगानी सम्मेलन हुने



अर्थ / व्यापार   14 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः रुपन्देहीको तिलोत्तमा नगरपालिका कार्यालयको आयोजनामा तिलोत्तमा लगानी सम्मेलन २०७६ हुने भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीको नेतृत्वमा संयुक्त टोली निर्माण गरी देशव्यापी प्रचारको लागि अघि बढेको टोली शुक्रबार हेटौंडामा आइपुगेको हो ।

रुपन्देहीमा लगानी सम्मेलन हुने


 मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा सम्मेलन बारे जानकारी गराउने उद्देश्यले छलफल कार्यक्रमसमेत भएको छ । कार्यक्रम बीच टोली प्रमुख तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीले २०७६ आश्विन ९ गते तिलोत्तमा लगानी सम्मेलनमा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गरी सम्मेलनमा भागलिन आउन आमन्त्रण गर्नुभएको छ ।    कार्यक्रममा संघका अध्यक्ष कटुवालले उद्योग वाणिज्य संघ र स्थानीय सरकार बीचको सहकार्यको उदाहरणीय अभ्यास गर्न सकेकोप्रति प्रशंसा व्यक्त गर्दै देशव्यापी प्रचार अभियान र तिलोत्तमा लगानी सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल र तिलोत्तमा च्याम्बर अफ कमर्शका अध्यक्ष जेपी कडेल लगायतले मन्तव्य राख्नुभएको थियो । 








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972464 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top