21 Aug 2019   |   
logo
अर्थ / व्यापार

हुवावेको नाइनप्राइम बजारमा



अर्थ / व्यापार   54 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलतापश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी हुवावेले पप–अपक्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ । हुवावे वाई नाइनप्राइम २०१९ सिरिज अन्तर्गत पप–अपक्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध गराएको कम्पनीले पे्रस विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

हुवावेको नाइनप्राइम बजारमा


उच्च कार्यक्षमता, शक्तिशाली किरिन ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइन अपरेटिङ सिस्टम जडित यो स्मार्टफोनमा एआई सपोर्ट गर्ने फोटोग्राफी, लामो व्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरूसहित अन्य विशेष विशेषताहरू रहेको बताइएको छ । यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ भने १६ एमपी+८ एमपी+२एमपी रियर क्यामरा सिस्टम रहेको छ । १६ एमपीको पप–अपक्यामराले जादुमय रूपमा काम गर्ने  भनिएको छ । सामान्य अवस्थामा क्यामरा फोनको भित्रपट्टि हुनेछ भने जब फ्रन्ट क्यामरा संचालनमा ल्याइन्छ  । पप–अपलेन्सलाई बाहिरपट्टि निस्कन एक सेकेण्ड मात्र लाग्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वा आकाशको आकर्षक तस्वीरहरू खिच्ने बताइएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7363315 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top