21 Aug 2019   |   
logo
अर्थ / व्यापार

बजारमा आइपुग्यो नास्पँती



अर्थ / व्यापार   27 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा बजारमा नास्पाती आएको छ । पहाडी भुगोलमा फल्ने नास्पाती रसिलो फल हो । नास्पाती अहिले २० रुपैयाँदेखि ३५ रुपैयाँ प्रतिकेजी थोकमूल्यमा विक्री भइरहेको छ । बजारमा विदेशबाट आयातित फलफूल महंगोमा विक्री भइरहेका बेला मकवानपुर जिल्लाभित्रकै फल नास्पाती सस्तो र स्वादिलो हुनेछ ।

बजारमा आइपुग्यो नास्पँती


हेटौंडाको थोकबजारमा डोकोमा राखेर नास्पाती ल्याइने गरेको छ । दैनिक ५० क्विन्टल नास्पती हेटौंडाको तरकारी तथा फलफूल थोकबजारमा आइपुग्ने गरेको छ । बजारमा सेतो, पहेँलो र हरियो गरी तीन जातका नास्पाती आएको छ । उपभोक्ताले बढिजसो सेतो र पहेलो नास्पाति खरिद गरेका छन् । हेटौंडाको थोकबजारमा मकवानपुरको निबुवाटार, भीमफेदी, नामटार, चुनियाँ, सामरी, पालुङका किसानले ल्याउने गरेको छ । हेटौंडामा किसानले ल्याउने नास्पाती बारा, पर्सा, चितवन जिल्ला समेत निर्यात हुने गरेको व्यवसायी खड्गबहादुर मोक्तानले जानकारी दिनुभयो । साउन पहिलो सातादेखि टिप्न शुरु गरिने नास्पाती भदौ अन्तिमसम्ममा सकिन्छ ।

नास्पाती गर्मी ९विशेषगरी वर्षा०को समयमा गाउँघरमा सहजै पाइने फल हो । नास्पातीमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम, फोस्फोरस पाइन्छ । रसिलो नास्पाती खाँदा गर्मीको समयमा सितलता महसुस हुन्छ । नास्पाति स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको छ । नास्पती खाँदा तौल नियन्त्रण हुने, पाचन प्रणालीमा सुधार आउने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, पेट सम्बन्धी समस्या भएमा निको हुने चिकित्सकको भनाइ छ । यस्तै कोलेस्ट्रोल घटाउन, पत्थरी हुनबाट बच्न र कब्जियत कम गर्न पनि नास्पातीले सहयोग गर्छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7369349 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top