21 Aug 2019   |   
logo
अर्थ / व्यापार

भीसीटीएसको बिरुद्धमा हेटौंडा बजार बन्द



अर्थ / व्यापार   29 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः नेपाल सरकारले लागु गरेको भेइकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ् सिस्टम (भिसिटिएस) को बिरुद्धमा मंगलबार हेटौंडा बजार बन्द गरिएको छ । सरकारले लागु गरेको नयाँ नीतिका विरुद्धमा मकवानपुर उभोग वाणिज्य संघको आव्हानमा बजार बन्द गरेको हो ।



मकवानपुर उधोग वाणिज्य संघले व्यवसायीलाई स्वेच्छिक रुपमा पसल बन्द गर्न आव्हान गरेको थियो । बिहान व्यवसायीले विरोध र्याली समेत निकालेका थिए । सरकारको नयाँ कर नीतिले भन्सारबाट सामान ल्याउने तथा ठूला व्यवसायीलाई फाईदा पुग्ने भए पनि साना तथा ग्रामीण क्षेत्रमा ईन्टरनेट तथा प्राविधिक सहज रुपमा नपाईने हुँदा समस्या हुने भएकाले त्यसकै विरोधमा र्याली तथा स्वेच्छिक रुपमा बजार बन्द गर्न आव्हान गरिएको मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ ।

सरकारले व्यापार व्यवसायलाई पूर्ण रुपमा करको दायरामा ल्याउन भेइकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ् सिस्टम (भीसीटीएस) लागु गरेको हो । सिस्टम लागू गर्दा कुनैपनि व्यापार व्यवसायमा करछलीको समस्या नहुने भए पनि उधोग व्यवसायमा काम गर्ने मजदुरले प्यान नम्बर लिनै पर्ने, साना व्यावसायीहरु यसको मारमा पर्ने भएकाले बजार बन्द गरेर बिरोध गर्नुपरेको अध्यक्ष कटुवालले बताउनुभएको छ । सरकारले लागु गरेको (भिसिटिएस) ले साना व्यवसायीहरु मारमा परेको भन्दै संघले सरकारलाई दवाव दिनको लागि बजार बन्द गरेको हो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7369305 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top