21 Aug 2019   |   
logo
अर्थ / व्यापार

स्थापना दिवसमा सञ्जीवनीले सहयोग गर्ने



अर्थ / व्यापार   28 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९ औं स्थापना दिवसको अवसरमा विभिन्न गतिविधिको आयोजना गर्ने भएको छ । सहकारीले आज बिहान पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

स्थापना दिवसमा सञ्जीवनीले सहयोग गर्ने


 सहकारीका अध्यक्ष रणबहादुर कार्कीका अनुसार आज साँझ दीपावली गर्ने, भोलि मामाघर नेपाललाई सहयोग गर्ने तथा पर्सी सहकारीको बारेमा अन्तरक्रिया र पुरस्कार वितरण गरिनेछ । सहकारीले सेयर सदस्यको हितमा बचत तथा ऋणको कार्य गर्दै आएको दावी गरेको छ । २ हजार ९ सय ८० जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी २ करोड ५८ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीले २१ करोड २८ लाख ३३ हजार बचत संकलन गरेको छ भने २३ करोड १३ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । सेयर सदस्यका लागि विविध सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुहुँदै अध्यक्ष रणबहादुर कार्कीले सहकारीले ५ हजार सेयर सदस्य पुर्याउने तथा ५० करोड भन्दा बढी पुँजी पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7367884 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top