12 Dec 2019   |   
logo
अर्थ / व्यापार

हेटौंडा बचतको सप्ताहव्यापी कार्यक्रम सम्पन्न



अर्थ / व्यापार   45 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, १४ पुसः हेटौंडा–७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं स्थापना दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रम बिहीबार सकिएको छ । पुस ७ गतेबाट सुरु साताव्यापी कार्यक्रम बिहीबार सहकारीको कार्यालय परिसरमा दीपावली गरेर समापन गरिएको हो ।



साताव्यापी कार्यक्रमअन्तर्गत सहकारीले सदस्य विस्तारका लागि घरदैलो, सरसफाई, बाल सम्मेलन एवम् वनभोज, बृद्धाश्रममा खाद्यान्न सहयोग, अन्तरक्रिया, महिला सञ्चालक र महिला शेयर सदस्य बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । बिहीबार बिहान भएको मैत्रीपूर्ण फुटबल खेलमा महिला सञ्चालकको टिम १–० गोलअन्तरले विजयी भएको छ । सहकारीले हरेक वर्ष स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने गरेको छ । 

नगरको मुख्य बजारक्षेत्र भन्दा टाढा रहेको सहकारीले ६, ७, ८, १५ र १६ नम्बर वडाक्षेत्रका स्थानीयलाई बैकिङ सुबिधा दिँदै आएको छ । सहकारीका प्रबन्धक रामशरण गौतमले सहकारीमा हाल ३ हजार ८ सय ९६ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ७५ करोड रुपैयाँ बराबर कारोबार गरेको छ । 








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19197012 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top