14 Oct 2019   |   
logo
समाज

द्वन्द्वपीडितलाई दसैं कोसेली



समाज   55 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज १७ शुक्रवार  
हेटौंडाः विभिन्न घटनामा ४ छोरा गुमाएकी द्वन्द्वपीडित हेटौंडा–९ की शुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोग गर्नुभएको छ । दसैंको कोसेली लिएर मेयर महत बिहिबार दर्नालको घरमा पुग्नु भएको हो । मेयर महतले दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नुन, मसलाहरु बिहिबार दर्नालको दैलोमै पुगेर हस्तान्तरण गर्नुभयो ।

द्वन्द्वपीडितलाई दसैं कोसेली


लत्ताकपडासहित नगद रकम समेत मेयर महतले हस्तान्तरण गर्नुभयो । मेयर महतले नगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनु भएको छ । शुभद्राको बस्ने, खानेसहित औषधी उपचारको समेत व्यवस्था आफूले गरिदिने र नातिनीका लागि जिविकोपार्जनका लागि पनि सहयोग गर्ने मेयर महतले बताउनुभएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14809227 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top