14 Oct 2019   |   
logo
समाज

भेटिएका मोबाईल फिर्ता



समाज   103 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज १७ शुक्रवार  
हेटौंडाः मकवानपुर प्रहरीले विभिन्न समयमा हराएका मोबाइल फोन फेला पारी सम्बन्धित मोबाइल धनीलाई जिम्मा लगाएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेला परेका १६ थान मोबाइल सम्बन्धित मोबाइल धनीको जिम्मा लगाएको हो ।

भेटिएका मोबाईल फिर्ता


विभिन्न मितिमा हराएको भनी जिल्ला प्रहरी कार्यालयमा दिएका निवेदनको आधारमा विशेष प्रविधिको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी विभिन्न ब्रान्डका १६ थान मोबाईल फोन प्रहरी निरीक्षक पवन कुमार झाले सम्बन्धित मोबाईल धनीको जिम्मा लगाउनुभएको हो । पछिल्लो समयमा कार्यालयका आईटि शाखाका बिवेक भुषालको सक्रियतामा विशेष प्रविधिको प्रयोग गरी विगत ८ महिनामा हराएका तथा चोरी भएका १ सय १४ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14809158 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top