20 Sep 2019   |   
logo
समाज

एक वर्षमा ११५ जनाद्वारा आत्महत्या



समाज   6 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २५ बुधवार  
हेटौंडाः मकवानपुर जिल्लामा वार्षिक १ सय १५ जनाले रुपमा आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा मंगलबार भएको आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रियामा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले यस्तो जानकारी दिनुभएको हो । उहाँले मकवानपुरमा गत आर्थिक वर्षमा १ सय १५ जनाले आत्महत्या गरेको र प्रदेश ३ मा गत आवमा ८ सय ५७ जनाले आत्महत्या गरेको जानकारी गराउनुभयो ।

एक वर्षमा ११५ जनाद्वारा आत्महत्या


आत्महत्याका घटनालाई न्यूनीकरण गर्न परिवार सबैभन्दा बढी सचेत हुनुपर्ने उहाँको भनाइ थियो । सामुदायिक सेवा केन्द्रको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रमका वक्ताहरूले आत्महत्या पछिल्लो चरणमा विश्वकै प्रमुख कारण बन्दै गएकोे बताएका छन् । हेटौंडा अस्पतालका डा. सन्ध्या अधिकारीले १४ देखि २१ वर्षका मानिसमा डिप्रेशन र सामान्य परिवारमा विवादका कारण आत्महत्या हुने गरेको बताउनुभयो । वक्ताहरुले परिवारको अपेक्षा र सामाजिक सञ्जालमा भइरहेको साइबर क्राइमले पनि आत्महत्या गर्न दुरुत्साहित गरेको बताएका छन् । यस्तै प्रेम प्रसंगका घटनाले पनि यस्ता घटनामा वृद्धि भइरहेको बताएका छन् ।

सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरी, दंगा नियन्त्रणका प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरीका उपरीक्षक विकास घिमिरे, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष गोकर्ण पराजुली, हेटौंडा–१ का वडा सदस्य बेगम बराल, हेटौंडा अस्पतालका डा। सागर काफ्ले लगायतको विभिन्न टोलविकास संस्थाहरुको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष सेप्टेम्बर १० मा आत्महत्या न्यूनीकरण गर्नका लागि जनचेतना बढाउन तथा आत्महत्या गरेर ज्यान गुमाएको सम्झनामा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ । विश्वमा मृत्युको २० प्रमुख कारणहरु मध्येमा आत्महत्या पनि एउटा प्रमुख कारण रहेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपाल विश्वमा धेरै आत्महत्या गर्ने देशमध्ये सातौं स्थानमा छ । धेरै अत्महत्या गर्ने महिलाको तथ्यांकमा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11973253 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top