24 Feb 2020   |   
logo
समाज

पत्रकारसँग प्रजिअको परिचयात्मक बैठक



समाज   50 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २३ सोमवार  
हेटौंडाः मकवानपुर जिल्लामा सरुवा भई आफ्नो कार्यभार सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकार प्रेमराज जोशीले आइतबार पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी जोशीले मकवानपुरका भएका अहिलेको मुख्य समस्याहरु आफुले थाहा पाएको बताउनुभयो । उहाँले जिल्लामा धेरै मात्रामा लागूऔषध गाँजा, राजमार्गमा हुने सवारी दुर्घटना, गिट्टी बालुवा क्षेत्रमा भएको समस्या र २५–१६ मिटरको सडको समस्या मुख्य रुपमा रहेको पाएको बताउनुभयो ।



यस्तै लेनदेनका मुद्दाहरु पनि धेरै आएको उहाँले परिचयात्मक कार्यक्रममा राख्नुहुदै सबैको साथ र सहयोगले त्यसतर्फ केन्द्रित भई कार्य गर्ने जानकारी दिनुभयो । उहाँले जिल्लामा शान्तिसुरक्षा कायम गर्दै आफ्नो कार्यअनुभवले सक्रियतापूर्वक लागीपर्ने बताउनुभयो । यसैगरी आउँदो चाडपर्व दशैंको अवसरमा अनुगमन पनि तिव्र गर्ने र कालोबजारी हुन नदिन सचेत हुने जानकारी दिनुभएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारले आइतबार निजामती सेवा दिवस हेटौंडामा पनि विविध कार्यक्रम गरी मनाइएको र निजमती सेवामा कर्मचरीहरुमाथि भएको नकारात्मक आशंका र अनियमितालाई हटाउँदै जिल्लामा सुशासन कायम गर्दै भ्रष्टाचार हुन नदिेने बताउनुभएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28003607 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top