20 Sep 2019   |   
logo
समाज

विपन्न समुदायमा रोटरीको लघुकर्जा



समाज   21 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २३ सोमवार  
हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले विपन्न समुदायलाई निव्र्याजी लघुकर्जा वितरण गरेको छ । ७-७ जना महिलाको ५ वटा समूहलाई बिनाधितो निव्र्याजी प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले उद्यम सञ्चालनको लागि कुल १० लाख ५० हजार रुपैयाँ लघुकर्जा प्रदान गरेको छ ।



मनहरी गाउँपालिकाको हाँडीखोलाका ४ समूहलाई मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता र ३ नं। वडा अध्यक्ष मानबहादुर स्याङ्तानको विशेष आतिथ्यतामा वडा कार्यालयमा शुक्रबार कर्जा वितरण गरिएको हो । कर्जा वितरण पश्चात मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले महिलाहरुलाई उद्यमी बनाई आयसँग जोड्ने लघुकर्जा कार्यक्रमलाई रोटरी क्लव अफ हेटौंडाले हाँडीखोलामा निरन्तरता दिएकोमा खुसी व्यक्त गर्दै गाउँपालिकाले पनि महिलाहरुलाई लक्षित गर्दै उनीहरुलाई स्वरोजगार बनाउन ४० लाखको घुम्ती कोष स्थापना गरेको जानकारी गराउनु भयो ।

यस्तै रोटरीले हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडाको एक समूहलाई वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको आतिथ्यतामा वडा कार्यालयमै कर्जा वितरण गरिएको थियो । वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले लघुकर्जा कार्यक्रम अझ बढी विपन्न महिलाहरुसम्म पुर्याउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष इन्द्रप्रसाद नेपालको अध्यक्षतामा कर्जा वितरण कार्यक्रम भएको हो । रोटरी क्लबले एकल एवम् विपन्न महिलाहरुलाई लक्षित गरेर विगत नौं वर्षदेखि यो कार्यक्रम संचालन गर्दै आएको र हालसम्म मकवानपुरका विभिन्न स्थानका ५४ महिला समूहका ३ सय ७० जना महिलाहरुलाई कर्जा वितरण गरिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । अझ तल्लो तहसम्मका विपन्नहरुमा कर्जा पुर्याउन र पालिका तहमा पनि कार्यक्रमका बारेमा जानकारी गराउन जनप्रतिनिधिहरु मार्फत नै कर्जा वितरण गर्ने नीति लिएको उहाँले बताउनुभयो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972233 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top