12 Dec 2019   |   
logo
समाज

बकर इदमा मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त



समाज   27 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । आज बिहान हेटौंडाको जामे मस्जिदमा पनि मुस्लिम समुदायले नमाज पढेर ईद मनाएका छन् । ‘ईद उल जोहा’ अथवा ‘ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ ।

बकर इदमा मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त


 बिहान सबैरै उठेर नुहाई धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङगालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । आजको दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् । 

यसैबिच ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ईस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले  पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको हो ।  उहाले आज एक सन्देश जारी गर्दै भन्नु भएको छ, “ नेपाल बहुजातीय बहुसाँस्कृतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारको  उत्तिकै सम्मान छ । सभ्यता, संस्कृति र कलामा सयौं वर्ष अगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ । अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा यस प्रदेशमा रहेका छन् । बहु जाती भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।“  मुख्यमन्त्री पौडेलले संविधानले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको बताउनुभएको छ । तीन वटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भइ “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयकासाथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिवद्ध रहेको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभएको छ “बकर ईद पर्वको यस पावन अबसर मा राष्ट्रिय एकता , सामाजिक सद्भाव , सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । 









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19196284 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top