18 Nov 2019   |   
logo
स्थानीय तह

आज चेपाङको न्वाँगी राक्सिराङमा सार्वजनिक विदा



स्थानीय तह   144 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २२ आइतवार  
हेटौंडाः चेपाङ बाहुल्य रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज आइतबार चेपाङ जातिको छोनाम न्वाँगीको अवसरमा गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले छोनाम न्वाँगी पर्व मनाउन गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिकाको ३० हजार जनसंख्या मध्ये १३ हजार भन्दा धेरै जनसंख्या चेपाङ जातीको रहेको छ ।



न्वाँगीमा सार्वजनिक विदा दिन चेपाङ समुदायको माग गर्दै आएका थिए । चेपाङ समुदायको महान पर्वको रुपमा रहेको छोनाम न्वाँगी पर्वमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिनुपर्ने चेपाङ अगुवाहरुले बताएका छन् । नेपालमै मकवानपुर, धादिङ र चितवन क्षेत्रमा रहेका चेपाङहरुको सम्मानमा सार्वजनिक विदा दिनुपर्ने चेपाङ संघका पुर्व केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गोविन्द चेपाङले बताउनुभयो । उहाँले चेपाङहरु आर्थिक र सामाजिक रुपमा पछाडी परेको हुँदा चेपाङको पर्वलाई प्रदेश सरकारले उत्सवको रुपमा मनाएर चेपाङ जातीको मनोबल बढाउनुपर्ने भएतापनि विदा नदिएकोमा दुख लागेको बताउनुभयो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17363239 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top