20 Sep 2019   |   
logo
स्थानीय तह

मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस



स्थानीय तह   48 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १७ मंगलवार  
हेटौंडाः संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरु गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल समारोह समिति समेत गठन गरिएको छ । दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार–प्रसार उपसमिति, सामाजिक विकास मन्त्री यूवराज दुलालको संयोजनमा रचनात्मक क्रियाकलाप व्यवस्थापन समिति, ३ नम्बर प्रदेशका मुख्य न्यायाधीवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठि उपसमिति गठन गरिएको छ ।

मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस


यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा राजनीतिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको छ । दिवसमा सरसफाई, परिसम्वाद, खेलकुद कार्यक्रम, दीपावली, बढाई कार्यक्रम, विभिन्न धार्मिक स्थलमा दीपावली, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान, तथा मकवानपुरगढिमा नेपालको बिशाल झण्डोत्तोलन तथा मुख्यदिन बृहत कार्यक्रम गरिने भएको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस कर्मकाण्डि नभई प्रभावकारी बनाउने बताउनुभयो । मुख्यमन्त्री पौडेलले जिम्मेवारी बाँडफाँड अनुसार काम सम्पन्न गर्न निर्देशन दिनुभयो । संविधान दिवस भनेको इतिहास हो यसलाई झल्काउने गरी मनाउने उहाँको भनाइ थियो । दिवस भव्यताका साथ मनाउन सम्पूर्णलाई आग्रह समेत गर्नुभयो । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाल, मुख्य न्यायाधीवक्ता ओम थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईलगायतको सहभागिता रहेको थियो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972260 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top