21 Aug 2019   |   
logo
स्थानीय तह

मदिरा नियन्त्रण गर्ने रणनीति, कृषिमा लाग्न ५० हजार सहयोग



स्थानीय तह   53 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले गाउँमा बढ्दो घरेलु मदिरा बिक्रि बितरण नियन्त्रण गर्न नयाँ जुक्ति लगाएको छ । गाउँपालिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरण गर्ने महिलालाई व्यवसाय परिवर्तन गर्न आर्थिक सहयोग गरेको हो ।



मकवानपुरगढी गाउँपालिकाले घरेलु मदिरा उत्पादन गर्दै बिक्रि वितरण गरिरहेका महिलालाई पेशा परिवर्तन गर्न भनेर ५० हजार रुपैयाँ सहयोग गरेको छ । घरेलु मदिरा उत्पादनलाई निर्मूल पार्ने उद्देश्यका साथ गाउँपालिकाले वडा नम्बर–४ का ११ जना महिलालाई ५० हजारका दरले रकम सहयोग गरेको छ । मदिरा उत्पादन गर्न छाडेर कृषि र पशुपालन पेशामा लाग्न प्रेरित गर्दै प्रतिव्यक्ति ५० हजारका दरले सहयोग गरेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले जानकारी दिनुभयो । विगतमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गर्दै आएका महिलाहरुले पेशा परिवर्तन गर्दै कृषि र पशुपालनमा लाग्ने प्रतिबद्धता व्यक्त जनाएपछि वडा कार्यालय र टोल विकास संस्थाको रोहवरमा सहयोग रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

अहिले एउटा वडामा नमूनाका रुपमा शुरु गरेको जानकारी गराउनुहुँदै उक्त वडामा कस्तो असर गर्छ त्यसपछि अन्य वडाहरुमा सो कार्यक्रम लागु गर्ने योजना रहेको उहाँले बताउनुभयो । ११ घरपरिवारलाई घरेलु मदिरा उत्पादन पेसा छोडी कृषि, पशुपालन तथा अन्य उद्यमतर्फ लाग्न उत्प्रेरित गर्ने उद्देश्यकासाथ प्रोत्साहन गर्न रकम वितरण गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो । गाउँपालिकाले घरेलु मदिरा उत्पादनलाई निरुत्साहित गर्न सामाजिक सुधार ऐन नै निर्माण गरेर काम शुरु गरेको छ । अध्यक्ष हुमागाईंले सम्पूर्ण गाउँपालिकामा घरेलु मदिरा उत्पादन, बिक्रि वितरण निर्मूल पार्ने अभियान अनुसार काम गरिरहेको बताउनुभएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7365805 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top