21 Aug 2019   |   
logo
स्थानीय तह

एकल महिलालाई गाउँपालिकाको सहयोग



स्थानीय तह   62 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः स्थानीय तहमा सरकार गठनपछि सबैखाले सेवा सुविधा नजिकको सरकारबाटै प्राप्त हुने आम नागरिकको अपेक्षा थियो । स्थानीय तहमै आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, खेलकुद सबैपक्षको काम हुन्छ भन्ने नागरिकको अपेक्षा हो । नागरिकका यस्तै अपेक्षा पुरा गर्ने लक्ष्यसहित मकवानपुरको बकैया गाउँपालिकामा स्थानीय सरकारले काम गरिरहेको छ । मकवानपुरको बकैया गाउँपालिकाले एकल महिलाहरुको आय आर्जनका लागि सहयोग गरेको छ । एकल महिलाको आय–आर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यकासाथ गाउँपालिकाले अनुदान सहयोग गरेको हो ।

एकल महिलालाई गाउँपालिकाको सहयोग


गाउँपालिकाका हरेक वडामा रहेका एकल महिलाहरुको समुह बनाएर प्रत्येक समुहलाई १० हजारका दरले अनुदान प्रदान गरेर उनिहरुको आर्थिक विकाससँगै आत्मनिर्भर बनाउन सहयोग प्रदान गरिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभएको छ । प्रत्येक समुहमा १० जना सदस्यहरु रहेको र उनिहरुले उक्त रकम सामुहिक अथवा व्यक्तिगत समेत व्यावसायिक क्षेत्रमा लगानी गर्नसक्ने उहाँले बताउनुभयो । तर व्यक्तिगत रुपमा रकम खर्च गर्दा एकजनाले ३ देखि बढीमा ६ महिनासम्म मात्र रकम परिचालन गर्न पाउने उहाँले बताउनुभयो ।

गाउँपालिकाले महिलाको क्षेत्रमा लगानीले ल्याउनेछ उनीहरूको जीवनमा सुनौलो बिहानी भन्ने उद्देश्यकासाथ प्रोत्साहन स्वरुप अनुदान प्रदान गरेको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताउनुभयो । १२ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ८, ९ र १० मा एक-एक वटा तथा वडा नम्बर ७ मा २ वटामा दुईवटा समुह निर्माण गरिएको छ । प्रत्यक समुहलाई १० हजारका दरले अनुदान प्रदान गर्नुका साथै उनिहरुलाई बचत, ऋण र मासिक बैठक गर्नका लागि रजिष्टर समेत उपलब्ध गराईएको उपाध्यक्ष बोलखेले बताउनुभयो ।

अनुदान पाउने एकल महिलाहरुले कुखुरापालन, सिलाई पसल, बाख्राँपालन, व्यावसायिक तरकारी खेतीलगायत क्षेत्रमा लगानी गर्ने योजना बनाएको उहाँले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अनुदानबाट उत्कृष्ट काम गर्ने समुहलाई थप प्रोत्साहन गर्ने कार्यक्रम समेत बनाएको उपाध्यक्ष बोलखेले बताउनुभयो । एकल महिला अनुदान वितरण कार्यक्रममा कार्यकारी प्रमुख लक्षमण पुडासैनी, महिला बालबालिका शाखा प्रमुख कविता भट्टलगायतको सहभागिता रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7364236 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top