20 Sep 2019   |   
logo
प्रदेश समाचार

प्रदेश लोकसेवा आयोग गठन हुने



प्रदेश समाचार   52 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २५ बुधवार  
हेटौंडाः प्रदेश ३ मा लोकसेवा आयोग गठन गर्ने बाटो खुलेको छ । मंगलबार प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएसँगै आयोग गठनको बाटो खुलेको हो । विधेयकमा ८ जनाले संशोधन प्रस्ताव राखेका थिए । विधयेकमाथि दफावार छलफल भएर प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदनको निर्णयसहित मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो ।

प्रदेश लोकसेवा आयोग गठन हुने


बैठकमा नेपाली कांग्रेसका सांसदले भने विधेयकको प्रतिवेदनमाथिको छलफलमा बोल्दै लोकसेवा आयोग गठनसम्बन्धी विधेयकमा पर्याप्त छलफल नभएको बताएका छन् । कांग्रेसका सांसद न्हुच्छेनारायण श्रेष्ठ र नरोत्तम वैद्यले पर्याप्त छलफलको लागि समय नदिएको बताउनुभएको थियो । जवाफमा मुख्यमन्त्री पौडेलले प्रतिपक्षी भएकोले मात्रै विरोधको लागि विरोध नगर्न आग्रह गर्नुहुँदै प्रजातान्त्रिक ढंगले पर्याप्त समय र छलफल गरेर विधेयक ल्याएको जवाफ दिनुभएको थियो । उहाँले प्रदेश सरकारले छिट्टै निजामती कर्मचारी ऐन ल्याएर सरकारलाई तीव्रता दिनेसमेत बताउनुभयो । आफूमा दुईतिहाईको दम्भ कहिले नभएको भन्दै प्रतिपक्षीको रचनात्मक सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मूख्यमन्त्री पौडेलले प्रदेशको राजधानी र नामको बारेमा अब संसदमा प्रश्न उठाउने अवस्था नआउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले राजधानीको विषय लाजमर्दो अवस्था आएको भन्दै प्रश्न उठाउनुभएको थियो । मंगलबारको बैठकमा मुख्यमन्त्री पौडेलले सरकारले कामको गति बढाएको दाबी गर्नुहुँदै अप्ठ्यारो चरण पार गरिसकेकोले अब विकासले अझ गति लिने बताउनुभयो । उहाँले प्राकृतिक विपद्मा जनधनको क्षति भएकालाई राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिनुहुँदै अवरुद्ध सडकहरू सुचारु गराउन प्रत्येक जिल्लालाई एक करोड रुपैयाँको दरले निकाशा भएको बताउनुभयो ।

सोमबारको बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले सरकारी–निजी सहकारी साझेदारी सम्बन्धमा बनेको विधेयकको समितिको प्रतिवेदन संसदमा पेस गर्नुभएको छ । यस्तै उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले प्रदेश भित्र औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको विधेयकको पनि प्रतिवेदन पेस गर्नु भएको छ । उक्त विधेयकमाथि आज बुधबार बस्ने प्रदेशसभा बैठकमा प्रतिवेदनसहित छलफल भएर पास हुनेछ ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11971316 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top