19 Jan 2020   |   
logo
शिक्षा

खाजाले विद्यार्थी नियमित



शिक्षा   57 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १३ शुक्रवार  
हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माविमा कक्षा १ र २ का विद्यार्थीलाई दिवा खाजा खुवाउन थालेपछि विद्यार्थी नियमित हुने गरेका छन् । हाफ टाइममा विद्यार्थी घर गएर नफर्कने समस्या भएपछि विद्यालयले खाजा कार्यक्रम सञ्चालन गरेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थी बिहान खाना नै नखाइ आउने, खाना खाएर आएकै भए पनि हाफ टाइममा भोग लाग्दा घर गए पनि खाजा खान नपाउँदा विद्यालय नफर्कने समस्या भएपछि विद्यालयले खाजा कार्यक्रम सञ्चालन गरेको हो ।

खाजाले विद्यार्थी नियमित


बिहिबार कक्षाकोठामै खाजा खाँदै विद्यार्थीहरु ।

खाजा कार्यक्रम सञ्चालन गरेकै कारण अहिले विद्यार्थी विद्यालय समयसम्म बसेर अध्ययन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक सागर खतिवडाले जानकारी दिनु भएको छ । खाजा खानेमा ३० जना छात्र र ३५ जना छात्रा गरी ६५ जना विद्यार्थी रहेका छन् । विद्यालयले दैनिक फरक फरक खाजा खुवाउने गरेको छ । बारअनुसार हलुवा, खिर, चिउरा, चना र खोले खाजा दिने गरेको छ । खाजा दिँउसोको २ बजे कक्षामै गएर बाँड्ने व्यवस्था गरिएको छ ।











सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23859389 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top