19 Jan 2020   |   
logo
शिक्षा

जनज्योति माविमा अभिभावक भेला



शिक्षा   157 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १२ बिहिवार  
हेटौंडाः हेटौंडा—१४ स्थित जनज्योति माध्यमिक विद्यालयमा नर्सरीदेखि ४ कक्षासम्मका विद्यार्थीका अभिभावकको भेला भएको छ । अभिभावक भेलामा विद्यार्थीको पहिलो त्रैमासिक परीक्षाको नतिजा अभिभावक र विद्यार्थीसँगै राखेर वितरण गरिएको छ । कार्यक्रममा विद्यार्थी शैक्षिक सुधारको लागि छलफल भएको छ । विद्यालयले अभिभावकहरु सक्रिय रहेको जानकारी दिएको छ । विद्यालयमा पठनपाठनको साथै अतिरिक्त क्रियाकलापहरुमा पनि जोड दिएको प्रधानाध्यापक भोगेन्द्र लुइटेलले बताउनुभयो ।

जनज्योति माविमा अभिभावक भेला


बुधबार विद्यालयमा भेला भएका अभिभावकहरु ।

अभिभावकले विद्यालयको आर्थिक अवस्थाका बारेमा जिज्ञासा साख्नुका साथै शैक्षिक सुधार गर्न सुझाव दिएका छन् । अर्को भेला माघको दोस्रो सातामा राखिएको प्रधानाध्यापक लुइटेलले जानकारी दिनुभयो । जनज्योति माविमा नर्सरीदेखि ३ कक्षासम्म १ सय १९ जना अध्ययनरत छन् । यस्तै ४ र ५ कक्षामा ६८ जना, ६, ७ र ८ कक्षँमा १ सय ९० जना, ९ र १० कक्षामा १ सय ४४ जना अध्ययनरत् छन् । यस्तै कक्षा ११ र १२ मा ६२ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा मानविकी र शिक्षा संकाय तथा कक्षा १२ मा वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायमा पठनपाठन भइरहेको छ । गत बैशाखमा भर्ना भएकामध्ये करिब ५ प्रतिशत विद्यार्थीले पढाइ छाडेको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुइटेलले जानकारी दिनुभयो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23858175 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top