19 Jan 2020   |   
logo
शिक्षा

शैक्षिक कोषको साधारणसभा सोमबार



शिक्षा   57 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १२ बिहिवार  
हेटौंडाः मकवानपुर जिल्लामा शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यकासाथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषको पहिलो साधारण सभा आगामी सोमबार हुने भएको छ । विधानत संस्था दर्ता भएको ३ महिना भित्र संस्थाको साधारण सभा गर्नुपर्ने प्रावधान अनुसार मंसिर १६ गते सोमबार संस्थाको साधारण सभा गर्न लागिएको हो ।



बुधबार संस्थाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सिद्धार्थ माविको सभाहलमा हुने साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्ने भएकाले निर्वाचन प्रयोजनका लागि नूरप्रसाद गौतमको संयोजकत्वमा यम सिलवाल र चन्द्रावती पनेरु सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन गर्ने निर्णय गरेको अध्यक्ष खुलालले जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष रामकृष्ण थापाले पेश गर्नुभएको हालसम्मको खर्च तथा आम्दानी सम्बन्धी जानकारीलाई बैठकले अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो । संस्थामा हाल सम्म १ जना विशिष्ट, १ जना संस्थागत, ३३ जना आजीवन र १० जना साधारण गरी ४५ जनाले सदस्यता लिएका छन् । सदस्यता वापत हालसम्म ३ लाख ६७ हजार ६ सय रुपैयाँ जम्मा भएको मध्ये ११ हजार ९ सय रुपैयाँ संस्था दर्ता, ब्रोसर छपाई, प्रमाणपत्र छपाईलगायतमा भएको खर्च बैठकले अनुमोदन गरेको हो ।

बैठकले सदस्यता बृद्धि गर्न सबैले आ–आफ्नो स्थानबाट पहल गर्ने, संस्थाद्वारा प्रदान गरिने छात्रवृत्ति व्यवस्थित र पारदर्शी ढंगबाट वितरण गर्नका लागि कार्यविधि तर्जुमा गर्न रामसागर गुरागाईको संयोजकत्वमा राजु क्षेत्री र गणेश प्रसाद हुमागाई सदस्य रहने गरी २ महिनाको समयावधि दिएर कार्यविधि तर्जुमा समिति गठन गर्ने निर्णय गरेको छ । साथै कार्यसमिति बढाउन विधान संशोधन गर्ने प्रस्ताव पेश गर्ने निर्णय बैठकले गरेको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23860034 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top