25 Feb 2020   |   
logo
शिक्षा

श्रमिक माविका पूर्वविद्यार्थीको चियापान कार्यक्रम



शिक्षा   86 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज १८ शनिवार  
हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविका पँर्वविद्यार्थीले वडा दसैं, तिहार, नेपाल सम्बत् एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको सभाकक्षमा आज सपना लामाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रलाल रिजालको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

श्रमिक माविका पूर्वविद्यार्थीको चियापान कार्यक्रम


शुभकामना आदानप्रदान कार्यक्रमसँगै पूर्वविद्यार्थीले विद्यालयको शैक्षीक विकासमा कसरी भूमिका निर्वाह गर्ने भन्ने विषयमा पनि अन्तरक्रिया गरेको थियो । सहभागी विद्यार्थीले सबै किसिमको साथ र सहयोगबाट विद्यालयको शैक्षिक अवस्था सुधार गर्दै विद्यालयलाई जिल्लाकै उदाहरणीय विद्यालय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै विद्यालयस्तरीय फुटबल प्रतियोगितामा जिल्ला र प्रदेशस्तरको प्रतियोगितामा विजेता बन्न सफल श्रमिक मावि टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अजीव भट्ठराई, शिक्षक अभिभावक संघका अध्यक्ष सुरेश श्रेष्ठको पनि सहभागिता रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28136477 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top