18 Nov 2019   |   
logo
शिक्षा

मकवानपुर क्याम्पसमा पौडेल



शिक्षा   61 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २४ मंगलवार  
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा अनन्तप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । सोमबार भएको चौधौं क्याम्पस सभाबाट पौडेल सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । संविधान सभा सदस्य समेत रहनुभएका पौडेल एक वर्षदेखि कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

मकवानपुर क्याम्पसमा पौडेल


यस्तै क्याम्पसको लेखा समिति संयोजकमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई निर्वाचित हुनुभएको छ । क्याम्पस सञ्चालक समितिको अन्य पदका लागि भने आगामी शनिबार निर्वाचन हुनेछ । ८ जना सदस्यको निर्वाचनका लागि १४ जनाको उम्मेदवारी परेको छ । क्याम्पस सभाका जेष्ठ सदस्य सीपी घिमिरेको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका ३ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा क्याम्पस सभा भएको हो । क्याम्पस सभामा क्याम्पस प्रमुखले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै क्याम्पसको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो । २०३७ सालमा स्थापित मकवानपुर बहुमुखी क्याम्पसमा दश जोड दुई, स्नातक र स्नात्तकोत्तर तहमा विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकाय पठनपाठन हुन्छ । क्याम्पस सभामा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, रामनारायण विडारी, प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ, राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझा, पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका सभापति भोजराज ढकाल, स्ववियु सभापति कुमार बहादुर केसीको सहभागिता रहेको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362544 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top