20 Sep 2019   |   
logo
शिक्षा

हेटौंडाका सामुदायिक विद्यालयमा शोक विदा



शिक्षा   22 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा आज शोक विदा दिइएको छ । हेटौंडा–३, लेवटस्थित बाल उज्ज्वल माविकी शिक्षक अप्सरा तिम्सिनाको निधनको शोकमा आज उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा शोक विदा दिइएको हो । सबै विद्यालयले शोक सभाको आयोजना गरी आजको पठनपाठन नगर्ने निर्णय गरिएको शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष अध्यक्ष दीपक अधिकारीले जानकारी दिनुभयो ।



बाल उज्ज्वल माविकी सहायक प्रधानाध्यापक समेत रहनुभएकी तिम्सिनाको गत साउन १२ गते निधन भएको थियो । साउन महिनामा वर्षे विदा परेको र आजबाट विद्यालयहरू सुचारु भएकोले आजै शोकसभा गर्ने र पठनपाठन आज एक दिनका लागि नगर्ने निर्णय गरिएको अधिकारीले बताउनुभयो । तिम्सिना साहित्यकार तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँलाई ज्वरो आएपछि उपचारका लागि चितवन लगिएकोमा उपचारको क्रममा निधन भएको हो । ४४ वर्षीया तिम्सिना साहित्य संगम मकवानपुरकी पुर्व उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11973310 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top