21 Aug 2019   |   
logo
शिक्षा

थाहानगरमा बन्ने विश्वविद्यालयको विधेयक दर्ता



शिक्षा   25 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ को चित्लाङमा निर्माण थालिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि प्रतिनिधिसभामा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा साउन १२ गते विश्वविद्यालयको विधेक दर्ता भएको हो । विश्वविद्यालयमा मदन भण्डारी फाउण्डेसनको प्रत्यक्ष प्रभाव रहने गरी विधेयक ल्याइएको छ । दर्ता भएको विधेयकमा फाउण्डेसनका अध्यक्ष र उनले तोकेका एक जना विश्वविद्यालयको संरक्षक समितिमा रहने उल्लेख छ ।

थाहानगरमा बन्ने विश्वविद्यालयको विधेयक दर्ता


सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो विश्वविद्यालय स्थापनाको लागि मकवानपुर थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा जग्गासमेत दिइएको छ । विज्ञान तथा प्रविधि विश्वविद्यालय भनिएपनि सबै विषयको पढाई गर्ने विधेयकमा उल्लेख छ । संसदमा दर्ता भएको विधेयकको दफा ३ (१) मा विज्ञान तथा प्रविधि, मानविकी, तथा समाजशास्त्र, व्यवस्थापन, कानुन र न्यालगायतका विषय र क्षेत्रमा मुलुकभित्र विश्वस्तरीय जनशक्ति उत्पादन गर्न तथा नयाँ ज्ञान र प्रविधिको निकासमा थप योगदान पुर्याउन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिएको छ भन्ने उल्लेख गरिएको छ । यसो भएमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयले पढाउने सबै संकायमा पढाउन सक्छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7364812 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top