12 Dec 2019   |   
logo
शिक्षा

भर्ना हुन विद्यार्थीको संयुक्त अपील



शिक्षा   122 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः क्रियाशील विद्यार्थी संगठनहरूले मकवानपुर बहुमुखी क्याम्पसमा भर्ना हुन अपील गरेका छन् । अनेरास्ववियु मकवानपुर, नेपाल विद्यार्थी संघ मकवानपुर र अनेरास्ववियु क्रान्तिकारी मकवानपुरले मंगलबार संयुक्त प्रेस विज्ञप्तिमार्फत मकवानपुर जिल्लाकै उत्कृष्ट सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०७६ को लागि कक्षा ११ लगायत सम्पूर्ण तहमा विद्यार्थी भर्नाको लागि संयुक्त आह्वान गरेका हुन् ।

भर्ना हुन विद्यार्थीको संयुक्त अपील


विद्यार्थी संगठनहरूले केही समयदेखि शैक्षिक गतिविधिमा असर पुग्ने खालको क्रियाकलाप भैरहेको प्रति दुःख व्यक्त गर्दै जिल्लाभरिका कुनै पनि सामुदायिक क्याम्पस वा विद्यालयहरुमा शैक्षिक अवरोध हुने किसिमको आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संगठनहरुले अन्य पक्षहरूलाई पनि शैक्षिक गतिविधिलाई असर पुग्ने जस्ता गतिविधि नगर्न अनुरोध गरेका छन् । साथै संगठनहरुले विज्ञप्तिमार्फत विद्यालय, क्याम्पस पूर्ण रुपमा शान्ति क्षेत्र रहेकोले पढ्ने वातावरण पूर्ण रुपमा संरक्षण गर्ने उद्देश्य र आन्दोलनको बहानामा अराजकता रोक्ने संयुक्त प्रतिवद्धता जाहेर गरेका छन् ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19202051 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top