21 Aug 2019   |   
logo
शिक्षा

सिद्धार्थमा वनविज्ञान पठनपाठनको तयारी तीव्र



शिक्षा   25 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) बाट तीन वर्षे वनविज्ञान विषय अध्ययनका लागि प्रारम्भिक सूचिमा परेको हेटौंडाको सिद्धार्थ माविले पठनपाठनको तयारी सुरु गरेको छ । हेटौंडा–१, चौकीटोलस्थित विद्यालयको ‘ग’ ब्लकमा वनविज्ञान विषय अध्यापनका लागि सिद्धार्थ माविले कक्षाकोठा व्यवस्थापन, प्रयोगशाला निर्माणलगायतको काम तीव्र पारेको छ । सीटीईभीटीले प्रवेश परीक्षा लिएर भर्ना हुन योग्य विद्यार्थी पठाउने भएकोले विद्यालयले अहिले भौतिक पूर्वाधारको काम गरिरहेको छ ।

सिद्धार्थमा वनविज्ञान पठनपाठनको तयारी तीव्र


हेटौंडामा वनविज्ञानसम्बन्धी विश्वविद्यालय तहको पठनपाठन भइरहेकोले आवश्यक जनशक्ति सहजै प्राप्त गर्ने र विद्यार्थीको आकर्षण समेत रहेकोले  वनविज्ञान विषयको पठनपाठनको तयारी गरिएको सिद्धार्थ माविका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडाले जानकारी दिनुभयो । सिद्धार्थ माविले वनविज्ञान विषय पढाउन ४० जना विद्यार्थीको कोटा प्राप्त गरेको छ । हेटौंडा–१, चौकीटोलस्थित ज्योति आधारभूत विद्यालय सिद्धार्थ माविमा गाभिएपछि विद्यार्थीलाई हेटौंडा–२ स्थित सिद्धार्थ माविको भवनमा स्थानान्तरण गरेर खाली रहेको विद्यालय परिसरमा वनविज्ञान विषयको छुट्टै ब्लक निर्माण गरी पठनपाठन गराइने खतिवडाले बताउनुभयो । प्राविधिक शिक्षाको आवश्यकता र अभिभावक, विद्यार्थीको बढ्दो आकर्षणका कारण वनविज्ञान विषय सञ्चालनको तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईले जानकारी दिनुभयो । गत वर्ष मात्रै कक्षा ११ मा कानून विषयको पठनपाठन शुरु गरेको सिद्धार्थले रोजगारमूलक, प्राविधिक एवम् सीपमूलक विषय सञ्चालन गर्ने योजनाअनुरुप यसवर्ष वनविज्ञान विषयको पठनपाठनको तयारी गरिएको उहाँको भनाइ छ । सीटीईभीटीले प्रवेश परीक्षा लिएर भदौ १५ गतेबाट पठनपाठन शुरुवात गर्ने तालिका बनाएको छ । एकसातादेखि सिद्धार्थ माविले ‘ग’ ब्लकका कक्षाकोठा मर्मत, प्रयोगाशाला निर्माण गर्ने कोठा, विद्यालय परिसरको सरसफाई, शौचालय मर्मतको काम गरिरहेको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7366601 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top